जयगाउँ कलेजमा एनसीसी सञ्चालनको निम्ति हस्ताक्षर अभियान

IMG-20220613-WA0146.jpg

कालचिनी। कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँ स्थित ननी भट्टाचार्य स्मारक महाविद्यालयमा शीघ्र नेशनल क्याडेट क्रोप्स (एनसीसी) चालू गरिनु पर्ने दाबी गर्दै आज कलेजका विद्यार्थीहरूले जनहस्ताक्षर गरेको थियो।
उक्त हस्ताक्षर सङ्ग्रह गरेर आज तृणमूल छात्रा परिषदको पदाधिकारीहरुलाई सुम्पिएको बताईएको छ।
जयगाउँ कलेजका विद्यार्थीहरु क्रमैले अजय कुमार, रोहित गिरी, प्रमिता विश्वास, कल्याण राय, निहाल विश्व आदिले एनसीसीको लागि जयगाउँ कलेजको छात्राहरुलाई यहाँबाट ६० किलोमीटर टाढ़ा अलिपुरद्वार कलेजमा जानु पर्ने बाध्यता रहेको र त्यो पनि एनसीसीमा पहिलो प्राथमिकता अलिपुरद्वार कलेजमा अध्यनरत छात्राहरुलाई दिईने गरेको र त्यसमाथि चियाबारी गाउँ बस्तीका विद्यार्थीहरुलाई यसरी अलिपुरद्वार कलेज धाउन बस भाँड़ाको मर्का पर्ने गरेकोले जयगाउँ कलेजमा नै एनसीसी चालू गरिए धेरै असल हुने भएकोले यो जनहस्ताक्षर गरेको र आज सङ्ग्रहित जनहस्ताक्षरलाई जयगाउँ ननी भट्टाचार्य स्मारक महाविद्यालयको तृणमूल छात्रा परिषदका पदाधिकारीहरु सभापति सुजीत मुण्डा, सचिव म्याक्सिदुल हुसैन उर्फ म्याक्स, सहसचिव आजाद अन्सारी समक्ष सुम्पिएको जनाएका छन।
तृणमूल छात्रा परिषदका सदस्यहरुले यस अघि पनि जयगाउँ कलेजमा एनसीसी चालू गर्ने बारेमा दाबी राखिएको तर आजसम्म यसबारे सुनवाई नभएको जनाएका छन। यता कलेजका सहायक प्रोफेसर मोहम्मदुल हुसैनले जयगाउँ कलेजमा एनसीसी चालू गर्ने विषयमा काम भईरहेको जनाएका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *