नव वर्ष समारोहको दोस्रो दिन विभिन्न सांगीतिक कार्यक्रमसितै विद्यार्थीहरूलाई लिएर हाजिरी जवाब प्रतियोगिता सम्पन्न

IMG-20230415-WA0339.jpg

खरसाङ: खरसाङमा हिजदेखि शुरु गरिएको तीन दिवसीय नेपाली नयाँ वर्ष समारोहको दोस्रो दिन आज विभिन्न सांगीतिक कार्यक्रमहरू सम्पन्न भएको छ। खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको उक्त कार्यक्रम अन्तर्गत आज दोस्रो दिनको मुख्य आकर्षणको रूपमा खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरूलाई लिएर संस्कृति विषयमा हाजिरी जवाब प्रतियोगिता रहेको थियो। उक्त कार्यक्रममा खरसाङका विभिन्न विद्यालयहरूका विद्यार्थीहरूले भाग लिएका थिए भने उक्त हाजिरी जवाब प्रतियोगिता कार्यक्रमलाई प्रकाश प्रधानले सञ्चालन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्कूल सह निरीक्षक रोशनी सार्की उपस्थित रहेका थिए। उक्त हाजिरी जवाब प्रतियोगितामा प्रथम रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालय, दोस्रो सन्त अल्फन्सेस विद्यालय र तेस्रो आदर्श विद्यालय भएका थिए। त्यसरी नै आज दोस्रो दिनको कार्यक्रम अन्तर्गत सूचना अनि सांस्कृतिक विभागको कलाकारहरू, खरसाङ क्षेत्रको विभिन्न संघ संस्थाहरूले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। दोस्रो दिन विशेष गरी साँझमा खरसाङ संयुक्त कलाकार संघले प्रस्तुति दिईरहेको छ। त्यसरी नै आज नै पुरानो एंव वरिष्ठ गायक संगीतकारहरूलाई सम्बर्ध्दना जनाइने भएको छ।

आजको कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति एंव जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement