सभासद श्याम शेर्पाद्वारा निरीक्षण र सहयोग प्रदान
खरसाङ: २८ नम्बर खरसाङ देवराली समष्टी अन्तर्गत लोवर चित्रेमा आज दिउँसो सोनाम गिरीको घर आगलागीमा नष्ट भएको छ। आगो लागेर घरभित्र रहेको सबै सबै सर सामानहरू जलेर खाक भएको जानकारी प्राप्त भएको छ। खरसाङ देवराली समष्टिको चित्रेमा सोनाम गिरीको घर आगलागीमा नष्ट भएको जानकारी पाउने बित्तिकै क्षेत्रीय सभासद् श्याम शेर्पा पुगेर निरीक्षण गरेका थिए।

उनले अग्नि पिढित परिवारलाई सभासद श्याम शेर्पाले केही नगदराशि सहयोग गरेका छन् भने घटनाको जानकारी जीटीए चिफ् अनित थापालाई पनि दिएका छन्। सभासद श्याम शेर्पाले आगलागीमा जलेर घर नष्ट भएको विषयमा पञ्चायत सम्बन्धित विभागलबाट पाउने सहुलियतहरू विषयमा पनि खोजिदिने वचन दिएको जानकारी प्राप्त भएको छ।

क्षेत्रीय सभासद श्याम शेर्पासित खरसाङ देवराली समष्टि युवा शक्तिका आदेश गुरुङ, दिपेन गुरुङ, दिपम थामी, सेवन प्रधान, नारी शक्तिको समष्टि अध्यक्षा सुष्मा मुखिया, सांगठनिक सचिव ललिता छेत्री, सदस्या अञ्जली लेप्चा साथै चित्रेका प्रतिनिहरुद्वारा पनि निरीक्षण गरिएको थियो।