सोनादा: आज चियाबारी श्रमिकहरूले धरणा प्रदर्शन गरेका छन्। श्रमिकहरूले आफ्नो खर्च र वेतनको मांग गर्दै चियाबारीको कारखाना अघि नै धरणा प्रदर्शन गरेका छन्। अहिले रंगमुक सिडर्स चियाबारी रोयल रुबी प्राईवेट कम्पनीले सञ्चालन गर्दै आईरहेका छन्। तर रंगमुक सिडर्स चियाबारीका श्रमिकहरूले विगत तीन खर्च र दुई महिनाको वेतन पाएका छैनन्। त्यसैले आज श्रमिकहरूले धरणा प्रदर्शन गरेका छन्। उक्त धरणा प्रदर्शन विषयमा श्रमिकहरूमध्ये सुजित कोईराला र बिन्दु कोईरालाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्। य। क्रममा बिन्दु कोइरालाले पीएफ ग्राजुएटी त परको कुरा तर श्रमिकहरूले खर्च र वेतनसमेत नपाएको गुनासो पोखिन्। बढासाहेब आएको समय सबै श्रमिकहरू मिलेर आफ्नो माग तिनीसमक्ष राख्दा उनले तीनभित्रमा नै खर्च भइहाल्ने आश्वासन दिए तापनि अहिलेसम्म पनि खर्च नपाएको उनले बताइन्। भोटको समयमा मात्र नेताहरू सहयोग गर्न आउने तर श्रमिकहरूलाई गाह्रो पर्दा बोल्न कोही अघि नआउने गुनासो पनि पोखिन्।