तीनधारे: तीनधारेको राजबारी युउथको आयोजनामा तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको दुईवटा क्वाटर फाईनल खेल सम्पन्न भएको छ। उक्त क्वाटर फाईनल खेल अन्तर्गत पहिलो खेल मित्र संघ गोलाई पाखा र सत्र माइलमाझ सम्पन्न भएको थियो। उक्त खेलमा मित्र संघले ४-० ले खेल सजिलै जितेर सेमिफाइनलमा प्रवेस गरेको छ। त्यसरी नै दोस्रो क्वाटर फाईनल खेल हिरो बजार तीनधारे र लिंकन क्लब सिपाहीधुरामाझ सम्पन्न भएको थियो। उक्त खेलमा सिपाहीधुराले १-० को अन्तरले खेल जितेर सेमिफाइनलमा प्रवेस गरेको छ। अब भोलि १६ अप्रेल आईतबारको दिन सिविटार र मिठाईडाँड़ा प्रगति संघमाझ क्वाटर फाईनल खेल हुनेछ। त्यसरी नै दोस्रो क्वाटर फाईनल खेल आरजेएसएस राजबारी र दुई नम्बरमाझ सम्पन्न हुने भएको जानकारी आयोजक समितिको पक्षमा भुवन प्रधानले दिएका छन्। आज सम्पन्न भएको क्वाटर फाइनल खेलमा मुख्य निर्णायकको रुपमा शिवराज राणा र सह निर्याणकको रूपमा राजीव प्रधान, अमीत राई, युवराज माझी रहेका थिए।