भागोप्रमो अध्यक्ष अनित थापाद्वारा पंखाबारी-लङ्भ्यू-अम्बटे समष्टिकी प्रार्थी कल्पना प्रधानको चुनाव प्रचार सभा

Kalpana-Pradhan

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङको पंखबारी-लङ्भ्यू अम्बटे समष्टिकी प्रार्थी कल्पना प्रधानको अम्बटेमा ब्लक अध्यक्ष अमृत छेत्रीको अध्यक्षतामा चुनावी सभा सम्पन्न भयो। तुसार राईले सञ्चालन गरेको चुनाव सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा,भारतीय गोर्खा सुरक्षा परिषदका सभापति एसपी शर्माको विशेष उपस्थिति रहेको थियो। सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा, भारतीय गोर्खा सुरक्ष परिषदका सभापति एसपी शर्मा, केन्द्रीय समिति सदस्य सन्तोस लामा, समष्टि प्रार्थी कल्पना प्रधान आदिले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै केन्द्रीय समिति सदस्य सन्तोस लामाले समष्टि प्रार्थी कल्पना प्रधान एक स्वच्छ छबी भएको प्रार्थी हो र उनलाई यसपाली समष्टिका सम्पूर्ण जनाताले उनलाई रूचाउने दाबी गरे। सम्बोधनको क्रममा समष्टि प्रार्थी कल्पना प्रधानले अम्बटे क्षेत्रमा चुनाव जितेको खण्डमा यस क्षेत्रको सर्वाङ्गीण विकास भएर जाने साथै अम्बटे क्षेत्रमा रहेको एक मात्र जुनियर हाई स्कूललाई सरकारी मान्यता प्राप्त दिलाएर उच्चतर माध्यमिक विद्यालय बनाउन विभागीय पहल गरिदिने वाचा दिइन्। सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अनित थापाले अम्बटे क्षेत्रलाई पर्दा आफू सदैव उभिएको बताउँदा विगतका चुनावहरुमा पनि अम्बटे क्षेत्रमा जनसभाहरुमा मानिसहरूको अपार भीड़ रहेतापनि चुनाव परिणाम यसको विपरीत रहेको बताए। तर यसपालीको चुनावमा हारको सामना गर्न परे यो हार अनित थापाको हार नभएर अम्बटे क्षेत्रमा भइरहेको विकासको हार हुने बताए। सभामा युवा मोर्चा केन्द्रीय समिति सदस्य सञ्जीव छेत्री, खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु, महुकमा समिति सदस्य संजोक रोका, समष्टि सभापति मनिराज डुम्जन, सचिव ललित प्रधान, समष्टि सदस्य कल्यान लामा, अभिभावक फ्रोरमका सल्लाहकार सुबोध लामा, याङडुप लामा, प्रचार प्रसार सचिव जिनोद परियारको विशेष उपस्थिति थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *