एनबीएसटीसी द्वारा नयाँ बस परिसेवाको उद्घाटन

Screenshot_20230415_203118_Samsung-Internet.jpg

सिलगढी: उत्तर बंगाल राष्ट्रिय परिवहन संस्थाले पर्यटकहरूलाई ट्याक्सी सुविधायुक्त बस परिसेवा उपहार दिएको छ। आगामी २० अप्रेलदेखि एनबीएसटीसीको तर्फबाट ट्याक्सी सुविधायुक्त बस परिसेवा शुरू गरिने भएको छ। उत्तरबंग राष्ट्रिय परिवहन संस्थाका चेयरम्यान पार्थ प्रतीम राय एवम् सिलगढीका मेयर गौतम देवले आज उक्त परिसेवाको उद्घाटन गरे। प्राप्त जानकारी अनुसार सिलगढीको जक्सनमा तेन्जिङ नोर्ग बस स्ट्यान्डमा एउटा कार्यक्रमको माध्यमद्वारा ५ वटा बसको उद्घाटन गरियो। आगामी २०अप्रेलदेखि उक्त बस परिसेवा शुरू गरिने छ भने कम्ती मूल्यमा पर्यटकहरू आफ्नो गन्तव्य स्थलमा पुग्न सक्नेछन्। उक्त परिसेवा शुरू भएपछि पर्यटकहरूलाई निक्कै सुविधा हुनेछ। यस विषयमा उत्तरबंग राष्ट्रिय परिवहन संस्थाका चेयरम्यान पार्थ प्रतीम रायले भने, पहिला ५ वटा बसलाई लिएर उक्त परिसेवा शुरू गरेको छ। एउटा बसमा २७ जना मानिसहरू सवार हुन सक्नेछन्। विभिन्न टुरिस्ट स्पटहरूको लागि भिन्ना भिन्नै भाडा तोकिएको छ। अनलाइनको माध्यमद्वारा पर्यटकहरूले उक्त बसमा बुकिङ गर्न सक्नेछन्। अर्कोतिर, गौतम देवले भने, यो एनबीएसटीसीको राम्रो पहल हो। उक्त परिसेवा शुरू भए पर्यटकहरूलाई निक्कै सुविधा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement