आईटीबीपीको १३औं वाहिनीद्वारा सिविक एक्शन प्रोग्राम सम्पन्न

Untitled-1-copy-73

गान्तोकः भारत सरकारद्वारा सीमा क्षेत्रमा सञ्चालित नागरिक कार्य योजना अन्तर्गत शनिवार पूर्व सिक्किमको लिङदुमस्थित १३औं वाहिनी, भारत तिब्बत सीमा पुलिस बल क्याम्पस् परिसरमा सिविक एक्शन कार्यक्रमको आयोजना गरियो। यस अवसरमा सामा-सेवकमा १२ सोलर स्ट्रीट लाइटको स्थापना कार्य सम्पन्न गरिएको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रमलाई सम्बोधित गर्दै १३औं वाहिनी, भारत तिब्बत सीमा पुलिस बलका सेनानी चन्दन सिंह भण्डारीले भने, आईटीबीपीले सीमाहरूको सुरक्षाका साथै सीमावर्ती क्षेत्रका नागरिकहरूको मनमा पारस्परिक विश्वास विकसित गर्ने र कल्याणार्थ हरसम्भव प्रयास गर्दै आएको छ। सीमावर्ती गाउॅंहरूमा स्वच्छता अभियानका साथै ट्रेकिङ अभियानको आयोजना गरिरहेको छ।

यसैगरी, सुदूर पहाड़हरूमा स्वच्छता अभियान, वृक्ष रोपण अभियान तथा स्थानीय ग्रामवासीहरूको निम्ति चिकित्सा शिविरहरूको आयोजना पनि गर्दै आएको छ। यस अतिरिक्त, स्थानीय मानिसहरूलाई भारत सरकारद्वारा चलाइएका विभिन्न कल्याणकारी योजनाहरू र हिमालय क्षेत्रका युवाहरूलाई भारत तिब्बत सीमा पुलिस बल र अन्य केन्द्रिय सशस्त्र पुलिस बलहरूमा भर्ती हुन प्रेरित गर्ने काम पनि गर्दै आएको सेनानी भण्डारीले बताए। उनले यो वर्ष वाहिनीद्वारा छातेन, थाङ्गु अनि रे गाउॅंमा चिकित्सा शिविरहरू आयोजन गरिएको बताए। उनले वाहिनीद्वारा विभिन्न गाउॅंहरूमा लगाइएको स्ट्रीट लाइटले ग्रामवासीहरूलाई राति अनि वर्षाको समयमा सुविधा पुग्नुका साथै जंगली जनावरहरूबाट पनि सुरक्षा भइरहेको बताए। उनले मुगुथाङमा १० र थाङ्गुमा १० सोलर स्ट्रीट लगाइने पनि जानकारी गराए। वर्ष २०२१-२२ अवधि रे गाउॅं र सामा गाउॅंमा ३१ सोलर स्ट्रीट लगाइएको पनि उनले थप बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement