सिलगढी: आज बंगाली नयाँ वर्ष १४३० को उपलक्ष्यमा पश्चिम बंगालका विभिन्न गाउँ-शहर सरह सिलगढीका विभिन्न स्थानहरूमा पनि नयाँ साल धुमधामले मनाइयो। विभिन्न संघ -संस्थाहरूले यस अवसरमा रंगारंग कार्यक्रमहरूको आयोजना गऱ्यो। मन्दिरहरूमा मानिसहरूले आफ्नो परिवारको कल्याणको निम्ति ईस्वर समक्ष प्रार्थना गरे।
यसैबीच एसजेडीए अध्यक्ष सौरभ चक्रवर्तीले बंगाली नयाँ वर्षको अवसरमा सिलगढीका जनतालाई बधाई तथा शुभकामना दिएका छन्। सम्बोधनमा उनले नयाँ वर्षले जनताको जीवनमा सुख र समृद्धि ल्याउने कामना गरेका छन्।