बीएसएफ महानिदेशकद्वारा तीनबीघा करिडोर एवं फूलबारी क्षेत्रको निरीक्षण

51d063ad-7899-48fe-9d3f-d13f74335314

कुचबिहारः सीमा सुरक्षा बल (बीएसएफ)- का महानिदेशक डा. एस एल थाउसेन भारत-बंग्लादेश सीमामा परिचालन तयारीहरूको समीक्षा गर्ने उद्देश्यले उत्तर बंगाल फ्रण्टियर क्षेत्रको दुई दिवसीय भ्रमणमा आएका छन्। भ्रमणको दोस्रो दिन शनिवार उनले उत्तर बंगाल फ्रण्टियर क्याम्पस एरिया तथा कम्पोजित अस्पताल कदमतलाको निरीक्षण गरे। बीएसएफ महानिदेशकले कम्पोजिट अस्पतालमा भर्ती जवानहरूसित भेट गरी उनीहरूको अवस्थाबारे जानकारी लिए।

बीएसएफ महानिदेशकले उत्तर बंगाल फ्रण्टियरका महानिरीक्षकसित पश्चिम बंगालको कुचबिहार जिल्लास्थित सेक्टर मुख्यालय बीएसएफ जलपाइगढी अन्तर्गत ०६ औं बटालियन बीएसएफको भारत-बंग्लादेश सीमान्त क्षेत्र तीनबीघा करिडोरको पनि भ्रमण गरे। यस अवधि उनीहरूले परिचालन तयारीहरूको समीक्षा गरे साथै सीमापारीबाट हुने आपराधिक एवं राष्ट्र विरोधी गतिविधिहरूमाथि लगाम कस्नको लागि सीमामा निरन्तर कड़ा निगरानी राख्ने निर्देश दिए। यस अवसरमा बर्डर गार्ड बंग्लादेशका अधिकारीहरूले तीनबीघा करिडोरमा महानिदेशकसित शिष्टाचार भेट गरी फूलगुच्छा प्रदान गरे। त्यसपछि महानिदेशकले सेक्टर मुख्यालय सिलगढ़ी अन्तर्गत १७६ औं बटालियनको भारत-बंग्लादेश सीमा क्षेत्रस्थित फूलबारी आईसीपीको पनि निरीक्षण गरी सीमामा कड़ा निगरानी राख्ने निर्देश दिँदै जवानहरूको मनोबल बढ़ाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement