युवकले गरे आत्महत्या

51d063ad-7899-48fe-9d3f-d13f74335314

जलपाइगढ़ीः जिल्लाको राजगञ्ज ब्लकको भटकीहाटमा एक युवकको शनिवार फन्दाबाट झुण्डेको शव उद्धार गरिएको छ। मृतकको नाम राजू दास (२३) बताइएको छ। जानकारी अनुसार, राजूले मोबाइल दोकान चलाउने गर्थ्यो। सधैँ झैँ शुक्रवार राति पनि दोकान बन्द गरी युवक घर फर्क्यो। खाना खाएर कमरामा सुत्न गयो। शनिवार बिहान परिवारका सदस्यहरूले राजूलाई कमरामा झुण्डेको पाए। यसपछि आमबाड़ी चौकी पुलिसलाई सूचना दिइयो।

सूचना पाएर आमबाड़ी चौकी पुलिस घटनास्थलमा पुग्यो र शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति पठायो। राजूले यस्तो किन गऱ्यो, उसका परिजनहरूलाई यो बुझ्न गाह्रो भईरहेछ। अहिले पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement