कुचबिहारः बाइक र ट्रकबीच भिड़न्त हुँदा एक युवकको मृत्यु भएको छ। घटना शुक्रवार अबेर राति पुन्डीबाड़ी-फालाकाटा राष्ट्रिय राजमार्गमा भएको हो। मृतकको नाम टीटन दास (२१) बताइएको छ। स्थानीय सूत्रहरू अनुसार, गुमानीहाट क्षेत्रको फालाकाटादेखि पुन्डीबाड़ीतिर गईरहेको एक बाइकको विपरीत दिशाबाट आईरहेको ट्रकसित भिड़न्त भयो। घटनापछि घोकसाडाङ्गा थाना पुलिस घटनास्थलमा पुग्यो र ट्रक चालकलाई हिरासतमा लियो।
दुर्घटनामा गम्भीर रूपमा घाइते बाइक चालकलाई घोकसाडाङ्गा प्रखण्ड प्राथमिक स्वास्थ्य केन्द्र पुऱ्याइयो। जहाँ चिकित्सकले उसलाई मृत घोषित गऱ्यो। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाएर पूरा घटनाको जाँच शुरू गरेको छ।