भाजपा नेताहरूद्वारा आनन्दमयी काली मन्दिरमा यज्ञ

c6540dc1-c781-40a4-93b0-aeda267d186b

सिलगढी: उत्तर बंगालको प्रकृतिको रक्षार्थ भाजपाले विशाल यज्ञको आयोजना गरेको छ। बंगाली नयाँ वर्षको पहिलो दिन शनिबार आनन्दमयी काली मन्दिरमा उक्त यज्ञको आयोजना गरिएको हो । उक्त भव्य समारोहमा सिलगढीका भाजपा विधायक शंकर घोष र जिल्ला भाजपा समितिका नेताहरू उपस्थित थिए। कार्यक्रममा शंकर घोषले भने, उत्तर बंगालको प्रकृति हाम्रो गौरव हो। यसको रक्षा गर्नु हाम्रो कर्तव्य हो र यसैको लागि यो यज्ञको आयोजना गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement