युवकको रहस्यमय मृत्यु भएपछि क्षेत्रमा सनसनी

710e4170-0051-4b0a-a762-dbaef3051358-1

जलपाइगढी: शनिबार बिहान एक युवक झुण्डिएको अवस्थामा फेला परेपछि उक्त क्षेत्रमा हलचल मच्चिएको छ। घटना जलपाइगढी जिल्ला अन्तर्गत राजगञ्जको भुटकीहाट क्षेत्रमा भएको हो। सबैभन्दा पहिले उसकी आमाले छोराको झुण्डिरहेको शरीर देखे । मृतकको नाम राजु दास,उमेर २३ वर्ष रहेको छ। एक युवा छोराको अकल्पनीय मृत्युले उसकी आमा र परिवार शोकमा डुबेका छन। पारिवारिक स्रोतका अनुसार शंकर दासका मृत छोरा राजुले मोबाइल पसल चलाउने गर्थे। शुक्रबार राति करिब १०ः३० बजे राजु पसल बन्द गरेर घर आएका थिए । खाना खाएर दाजुसँगै एउटै कोठामा सुतिरहेका थिए । बिहान उनको आमा उठेर घरको काम गर्दै थिइन् । अचानक उनले आफ्नो छोराको मृत शरीर कोठामा झुण्डिएको अवस्थामा देखे ।आमाको चित्कार सुनेर आफन्त र छिमेकीहरू दौडिएर आए र दृश्य देखेर हक्क्बक्क भए। परिवारभित्र कुनै किसिमको अशान्तिको वातावरण नरहेको आफन्तले बताएका छन् । आफ्नो कान्छो छोरालाई किन र कसरी यस्तो भयो भन्नेबारे उसकी आमाले बुझ्न सकेकी छैनन।
खबर पाएपछि आमबाड़ी पुलिस घटनास्थल पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ । यस विषयमा अनुसन्धान सुरु गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement