मालदा: बंगाली नयाँ वर्षको दिन मालदा शहरको मनोकामना मन्दिरमा भक्तजनहरूको भीड रह्यो। शनिबारबाट बंगाली पात्रोको नयाँ वर्ष सुरु भयो। यस अवसरमा विभिन्न मन्दिरहरूमा पूजाआजा गर्न भक्तजनहरूको भीड लागेको थियो । जसमध्ये उल्लेखनीय मालदा शहरको अति प्राचीन मनोकामना मन्दिर हो। यसदिन धेरै भक्तजनहरूले माताको पूजा-आराधना गरी नयाँ वर्षको शुरुआत गरे। एकातिर चर्को गर्मी रहेता पनि नयाँ वर्षको दिन यो प्राचीन मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्यो।
नयाँ वर्षको हरेक दिन राम्रोसँग बिताउँने कामनाको लागि मन्दिरमा माताको पूजाआजा गर्न आउने गरेको भक्तजनहरूको भनाइ छ । यसैगरी यसदिन मालदा सहरका अन्य विभिन्न मन्दिरहरूमा पनि भक्तजनहरूको भीड लागेको थियो।