सिलगढी: सिलगढीको सूर्यनगर फ्रेन्ड्स युनियन क्लबले बंगाली नयाँ वर्ष १४३० लाई फरक ढंगले स्वागत गरेको छ। क्लब अगाडिको बाटो पुरै रंगले सजाएका थिए । शनिबार बिहान रवीन्द्रनाथ टैगोरको तस्विरमा श्रद्धासुमन अर्पण गरेर ,साँझ चित्रकला प्रतियोगिता र साँस्कृतिक कार्यक्रम गरी नयाँ वर्ष मनाइएको थियो । उक्त अवससरमा क्लबका अध्यक्ष अमरचन्द्र पाल, सचिव मदन भट्टाचार्य, वडा नम्बर २३ का काउन्सिलर लक्ष्मी पाल लगायत क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।