चरक पूजाको समय चर्खा भाँचिदा तीनजना घाइते

a2c481c6-b839-4022-b521-31086fddf688

जलपाइगढी: चरक मेलामा चर्खा नै भाँच्चियो । घटना जलपाइगढी जिल्लाको धुपगढी ब्लक अन्तर्गत बडोघरिया ग्राम पञ्चायतको मध्य बोरागरी क्षेत्रमा भएको हो। चर्खा भाँच्चिदा तीनजना घाइते भएका छन् । चैत्र संक्रान्तिको अवसरमा शुक्रबार राति जलपाइगढी जिल्लाको धुपगढी ब्लकका विभिन्न क्षेत्रमा चरक पूजा र मेलाको आयोजना गरिएको थियो। त्यसै क्रममा बोरागरी क्षेत्रमा पनि चरक पूजा तथा मेला चलिरहेको थियो । त्यहाँ टाढा टाढाबाट ठूलो संख्यामा मानिसहरू भेला भएका थिए । पूजाको क्रममा एक्कासी चरखा भाँचिएर मानिसहरूमाथि खस्यो । घटनामा तीनजना घाइते भएका छन् । स्थानीयले घाईतेहरूलाई बाहिर निकालेर धुपगढी ग्रामीण अस्पताल पुऱ्याएका थिए । अन्तिम समाचारसम्म घाइते तीनैजनाको अवस्था सामान्य रहेको छ । घाइते सबै चरक पूजा मेला हेर्न गएका थिए । धुपगढी पुलिस घटनास्थल पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement