बंगाली नववर्षको अवसरमा विविध कार्यक्रमको आयोजना

02106c68-20ba-4a2a-b4c4-27d84c6c5067

सिलगढी: आज बंगाली नयाँ वर्ष हो। बंगाली क्यालेन्डर अनुसार वर्ष १४२९ लाई बिदाइ गर्दै, पुरै बंगाल वर्ष १४३० लाई स्वागत गर्न तम तयार थियो। नयाँ वर्षलाई स्वागत गर्न यस वर्ष पनि सिलगढीको बागाजतीन पार्क अगाडिको सडकलाई सिलगढीको नृत्य समूह अर्चकले अल्पनाद्वारा सजाएको थियो। आज वैशाखीको अवसरमा विभिन्न रंगारंग कार्यक्रमको आयोजना गरिएको थियो।बाघजतिन मैदानमा बिहानैदेखि सांस्कृतिक कार्यक्रम चलिरहयो । यस अवसरमा सिलगढी नगर निगमको पहलमा शहरमा रंगारंग शोभायात्रानिकालिएको थियो। बंगालको परम्परागत रातो बोर्डर सहितको सेतो साडी लगाएर सिलगढीको बागाजतीन पार्कबाट शोभायात्रामा महिलाहरू सहभागी भए। शोभयात्रामा मेयर गौतम देवसँगै उपमेयर र नगरपालिकाका पदाधिकारीहरू पनि सहभागी थिए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement