कोलकाता: पूर्व घोषणा अनुसार पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसले शनिवारदेखि आम जनको निम्ति राजभवनमा आउने जाने छूट दिएका छन्। बांग्ला नववर्षमा यसको शुरूआत अतिनै खास सन्देश बताइँदैछ।खास कुरा के छ भने आजभन्दा २२० वर्षपहिले यस राजभवनको निर्माण तत्कालीन अंग्रेज शासकहरूको निम्ति गरिएको थियो। यहाँ बस्नेहरूलाई लाटसाहब भनिन्थ्यो र तबदेखि लिएर आजसम्म यसमा आम जनको प्रवेश प्रतिबन्धित नै रहेको छ। जादूघर (इण्डियन म्यूजियम) को सहयोगले यो आम जनको आवाजाहीको प्रक्रिया शुरू गरिएको हो, जसलाई हेरिटेज वक को नाम दिइएको छ। राज्यपाल डा. सीवी आनन्द बोसको उपस्थितिमा देशका विभिन्न हिस्सारुबाट आएका ९ जनालाई सर्वप्रथम राजभवनको हेरिटेज वकमा ल्याइयो। यसमा राजभवनको तर्फबाट पश्चिम बंगाल बाहेक त्रिपुरा, पञ्जाब, राजस्थानबाट आएका चार जनालाई अतिथिको रूपमा सम्मानित पनि गरियो। यहाँ हेरिटेज वकमा जादूघरको तर्फबाट दायित्व प्राप्त मानिससहरूले आम जनलाई राजभवनमा घुमाउनेछन्। उनीहरूलाई चाइनीज कानन, एशियाको पहिलो लिफ्ट कर्जन एलीवेटर, राजभवनभित्र रेहका दुई सरोवर, ११ हजार पुस्तक भएको विशेष लाइब्रेरी, विभिन्न प्रेक्षागृह, बगैंचा आदि घूमी घूमी देखाउनेछन्।
यस अवसरमा सम्बोधन गर्दै डा. बोसले भने, अब आम जनको
निम्ति राजभवनको ढोका खोलिएको छ जादूपरको वेवसाइटमा गएर कुनैपनि व्यक्तिले राजभवनमा आउनका लागि आवेदन गर्नसक्छ। यद्यपि अहिले सातामा केवल शनिवार वा आइतवारमध्ये कुनै एक दिन एक घण्टाको निम्ति राजभवनमा हेरिटेज बकको अनुमति रहनेछ। २०-३० जनालाई नै अनुमति दिइनेछ यद्यपि, अहिले यसबारे निर्णय लिइएको छैन आज बांग्ला नववर्षको शुरूआत गरिएको छ। यो बंगालका मानिसहरूलाई उपहार हो। यसैले राजभवनलाई सजाइएको छ। साँझ राजभवनमा सांस्कृतिक आयोजन पनि हुनेछ, जसमा पश्चिम बंगालका विशिष्ट जनहरूलाई आमन्त्रित गरिएको छ।