सिलगढी: करोड रुपियाँको बर्मा टीक काठ उद्धार गरेको छ। उक्त काठ घोषपुकुर वन विभागले उद्धार गरेको हो। गोप्य सूचनाको आधारमा आज बिहानै घोषपुकुर वन विभागका रेञ्जर सोनाम भुटियाको नेतृत्वमा केष्टपुर इलाकामा अभियान चलाएर दुईवटा ट्रक अनि खोरीबारी बिहार सिमाना इलाकाबाट एउटा १२ चक्के ट्रक रोकेर छानबीन गर्दा बर्मा टीक काठ उद्धार भएको बताइएको छ। उद्धार गरेको बर्मा टीक काठको वैध काजगपत्र नरहेको थाहा लागेको छ। जफत गरेर काठको अनुमानित बजार मूल्य ३ करोड रुपियाँ रहेको छ भने अरुणाचल, डिमापुरदेखि उक्त काठ बिहारमा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।









