कोलकाता: पश्चिम बंगालमा शनिवार जहाँ एकातिर बांग्ला नववर्ष मनाइँदैछ, त्यही अर्कोतिर केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) शिक्षक नियुक्ति भ्रष्टाचारलाई लिएर लगातार छापामारी गरियो।शनिवार बीरभूम जिल्लाको नलहटी २ नम्बर ब्लकको तृणमूलका पूर्व अध्यक्ष विभास अधिकारीको घर, श्रम र फ्ल्याटमा छापामारी गरिएको छ। जानकारी अनुसार, विभाग यस मामिलामा पहिले पक्राउ गरिएका पलाशिपाड़ाबाट तृणमूल कांग्रेसका विधायक एवं प्राथमिक शिक्षा परिषदका पूर्व अध्यक्ष माणिक भट्टाचार्यको एकदमै खास रहेका छन्। यही क्रममा पहिलेदेखि पक्रा परेका तृणमूलका अझ एक नेता कुन्तल घोषले विभासबारे केन्द्रिय एजेन्सीलाई बताएका थिए। यही मामिलामा अझ एक आरोपित गोपाल दलपतिले पनि विभासबारे जानकारी दिएको थियो र त्यससित सोधपुछ किन भईरहेको छैन भनी सोधेको थियो। सुरक्षाको निम्ति केन्द्रिय अर्धसैनिक बलहरूका जवानहरू पनि तैनात छन्। उनी अहिले घरमा छन्। केन्द्रिय अधिकारीहरूले उनीसित सोधपुछ शुरू गरेको छ। उत्तर कोलाकाताको अम्हरस्ट स्ट्रीटमा उसको एउटा फ्ल्याट छ, जहाँ सीबीआईको दोस्रो टीमले तलासी अभियान चलाईरहेछ। यसअघि पनि यहाँ केन्द्रिय एजेन्सी ईडीले छापामारी गरेको थियो। यही फ्ल्याटमा तिनीहरू आएर बस्छन्, जो विभागको आश्रमसित जुड़ेका छन्।