२.७ लाख मूल्यको माछाको अण्डाको साथ एक व्यक्ति पक्राउ

IMG-20230403-WA0277.jpg

कोलकाता: दक्षिण बंगाल सीमान्त अन्तर्गत सीमा चौकी मधुपुर र रानाघाटमा ६८औं वाहिनीको बीएसएफ जवानहरूले ठोस सूचनाको आधारमा कारबाही गर्दै माछाको अण्डाहरू भरिएको १० वटा प्लास्टिक ब्याग जफत गर्यो तथा एक तस्करलाई पनि रेड ह्याण्डेड पक्राउ गर्यो।जफत गरिएको माछाको अण्डाको बजार मूल्य १.५ लाख रूपिया छ। पक्रा परेको तस्करको पहिचान अनारूल मण्डलको रूपमा गरिएको छ ।सोधपुछमा उसले जानकारी गरायो, व्यक्ति केरलामा लेबरको काम गर्दछ र १५ दिन अघिमात्र गाउँ फर्केको थियो। उसको गाउँको अति मण्डल शमीम मण्डल र नूर मोहम्मदले उसलाई सजिलै पैसा कमाउने प्रलोभन दियो ओं उनीहरूको भनाईमा उसले माछाको अण्डाहरूलाई बांग्लादेश पुऱ्याउन लागेको थियो। अझ एक अन्य घटनामा सीमा चौकी रानाघाट, ६८औं वाहिनीका जवानहरूले माछाको अण्डा राखिएको आठ वटा प्लास्टिक ब्याग जफत गर्यो, जसको अनुमानित दर १.२० लाख रूपियाँ छ। पक्रा परेको तस्कर र जफत माछाको अण्डालाई अघिको कानूनी कारबाहीको निम्ति सम्बन्धित एजेन्सीहरूलाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement