भाजपाको धरातल कमजोर गर्ने षडयन्त्र खरसाङ समष्टिका विधायक बजगाइँले गरिरहेको भाजपा युवा मोर्चाको आरोप

ab96fa44-5506-42bf-80b7-2eb606fdb787

सिलगढी: पहाडमा भाजपा प्रति मानिसहरूको आस्था अनि विश्वास बढिरहेको कारण भाजपाको धरातल कमजोर गर्ने षडयन्त्र भाजपा कै खरसाङ समष्टिका विधायकले गरिरहेका भाजपा युवा मोर्चा जिल्ला अध्यक्ष निरज राईले दावी गरेका छन। तिनले एउटा भिडियो जारी गरेर बताए अनुसार राज्य सरकारसँग सम्बन्धित भनेको विधायक ने रहेको अनि सरकार पक्षलाई रिपोर्टको लागि दबाउ नबनाएर तिनी आफ्नो जिम्मेवारबाट भागिरहेको पनि बताएका छन्। भाजपाले विधायक बनाएर तिनलाई जनताको काम गर्ने मौका दिएको तर तिनले जनताको लागि कुनै प्रकारको कार्य नगरेको समेत निरज राईले आफ्नै पार्टीका खरसाङ समष्टीका विधायक बजगाइँलाई गम्भीर आरोप लगाएका छन्। तिनले अझ भनेका छन्, विधायकले आफ्नो क्षेत्रमा अहिलेसम्म जनहितको कुनै कार्य नगरेको अनि केवल अरुलाई दोष मात्र दिँदै आफू पानी माथिको ओभानो बन्न खोजीरहेको छ। यसको साथै गोर्खाहरुको स्थायी राजनीतिक समाधान अनि ११ जात-गोष्ठीको मुद्दा भाजपाले मात्र पूरा गर्ने तिनले बताएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement