बाघडुग्रा: बङ्ग्लादेशमा तस्करी गर्न अगावै २ वटा ट्रकबाट ३१ वटा भैंसी उद्धार गर्नको साथै २ जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा मोहम्मोद शामसुल र मोहम्मद नासिर सामेल छन्। प्राप्त जानकारी अनुसार आज बिहानै बाघडुग्रा पुलिसले भुट्टाबारी संलग्न इलाकामा नाका चेकिङ अवधि २ वटा ट्रकलाई रोकेर छानबीन गर्दा ३१ वटा भैंसी उद्धार गरेको बताइएको छ। उक्त भैंसीहरूको कुनै वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले ३१ वटा भैंसी, २ वटा ट्रक सहित २ जना तस्करलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त भैंसीहरू बिहारबाट असम हुँदै बङ्ग्लादेश तस्करी गर्ने योजना रहेको थियो । पुलिसले घटनाको जाँच शुरू गरेको छ।