भारत-नेपाल सिमानाबाट नकली कागजपत्र सहित १ जना बङ्ग्लादेशी र १ जना भारतीय पक्राउ

Screenshot_20230415_174010_Samsung-Internet.jpg

खोरीबारी: खोरीबारी पानीट्याङ्कीको भारत-नेपाल
सिमानाबाट नकली आधार कार्ड सहित १ जना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। बङ्ग्लादेशी नागरिकलाई सहयोग गरेको आरोपमा अझ १ जना भारतीय युवकलाई पनि पक्राउ गरेको छ। पक्रा परेकाहरू बङ्ग्लादेशको कुडी गाउँ निवासी मोहम्मद मोसेदुर रहमान र कुचबिहार निवासी भारतीय युवक एकामूल हकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार पक्रा परेका दुईजनाले नकली आधार कार्ड र कोभिड सर्टिफिकेट देखाएर आँखा जाँच गराउने बहानाले नेपालमा प्रवेश गर्ने योजना रहेको थियो तर यसभन्दा अगावै एसएसबी ४१औं बटालियनका जवानहरूले सन्देहको आधारमा ती २ जनासित सोधखोज गर्दा तीमध्ये एकजनाले आफू बङ्ग्लादेशी नागरिक रहेको कुरा स्वीकारे। आरोपी बङ्ग्लादेशी नागरिकबाट नकली आधार कार्ड र बङ्ग्लादेशी पासपोर्ट उद्धार गरेको छ। एसएसबीले ती २ जनालाई पक्राउ गरेर खोरीबारी पुलिसलाई सुम्पिदिएपछि आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement