तेस्रो राउण्डमा हारे नोवाक जोकोविच

CollageMaker_2023415131152171.jpg

१५ अप्रेलः पूर्व नम्बर एक खेलाड़ी नोवाक जोकोविच लगातार तेस्रो साल मोण्टे कार्लो मास्टर्स टेनिस टुर्नामेण्टमा चाँड़ै बाहिर भए। एक महिनाको विश्रामपछि क्ले कोर्टा सत्रको आफ्नो दोस्रो म्याच खेलिरहेका शीर्ष ऱ्यांकिंग भएका जोकोविचलाई लोरेञ्जो मुसेटीले ४-६, ७-५, ६-४-ले पराजित गरे। सर्बियाका यस खेलाड़ीले अहिले पनि क्ले कोर्टमा सामंजस्य मिलाउने प्रयास गरिरहेका छन्। उनले म्याचमा आठपल्ट आफ्नो सर्विस गुमाए अनि इटलीका प्रतिद्वन्द्वीको शक्तिशाली बेसलाइन शट्को उनीसँग कुनै जवाफ थिएन। म्याचपछि जोकोविचले भने, ईमानदारीपूर्वक भन्नु पर्दा आज म आफ्नो प्रदर्शनले निराश छु। मोण्टे कार्लोमा दुईपल्टका च्याम्पियन जोकोविच गत वर्ष फ्रान्सका कोटे डीजूर विरुद्ध पहिलो राउण्डमै पराजित भएका थिए। त्यसरी नै २०२१-मा पनि तेस्रो राउण्डमा बाहिर भएका थिए। टुर्नामेण्टमा १६औं वरीयता प्राप्त मुसेटीले क्वार्टर फाइनलमा यानिक सिनरको चुनौती स्वीकार्नेछन्। सातौं वरीयता प्राप्त सिनरले दोस्रो सेटमा एक म्याच पोइण्ट बचाएर १०औं वरीयता प्राप्त ह्युबर्ट हुर्काज विरुद्ध ३-६, ७-६ (६), ६-१-ले जीत हासिल गरे। तेस्रो वरीयता प्राप्त दानिल मेदवेदेवले पनि निर्णायक टाईब्रेकरमा दुईपल्ट म्याच पोइण्ट बचाए अनि अलेक्जेण्डर ज्वेरेवलाई ३-६, ७-५, ७-६ (७)-ले पराजित गरे। मेदवेदेव दोस्रोपल्ट यस प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेका छन्। अन्य एउटा म्याचमा जर्मनीका क्वालीफायर जेन लेनार्ड स्ट्रफले चौथो वरीयता प्राप्त कास्पर रुडलाई ६-१, ७-६ (६)-ले उलटफेरको शिकार बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement