आलोचना गर्नेहरूलाई प्रशंसक बनाएर खुशी हेरी ब्रूक

IMG-20230415-WA0156.jpg

१५ अप्रेलः आईपीएल २०२३-को म्याचमा शुक्रवार राति सनराइजर्स हैदराबादले कलकत्ता नाइट राइडर्सलाई २३ रनले पराजित गऱ्यो। हैदराबादले पहिला ब्याटिंग गर्दै २२९ रनको लक्ष्य राखेको थियो, जसको जवाफमा केकेआर-ले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो। यस जीतको नायक हेरी ब्रूक रहे, जसले अविजित १०० रनको असाधारण ईनिंग्स खेले। असाधारण ब्याटिंगको निम्ति उनलाई प्लेयर अव् द म्याच चयन गरियो। म्याच जितेपछि ब्रूकले एक दिन अघिसम्म उनको आलोचना गर्नेहरू अब उनको प्रशंसा गर्न वाध्य भएको बताए। ब्रूकले भने, यो रात विशेष रह्यो। टी२० प्रारूपमा ओपनिंग गर्नु ब्याटिंग गर्ने सबैभन्दा सही समय रहेको धेरैको मत छ। म त कुनै पनि स्थानमा ब्याटिंग गरेर खुशी छु। मलाई पाँचौं नम्बरमा ब्याटिंग गरेर धेरै सफलता हासिल भएको छ। त्यहाँ मैले आफ्नो नाम बनाए अनि मेरो चारवटा टेस्ट शतक यस एउटाभन्दा अधिक हुनु पर्ने हो। आजको रात अभूतपूर्व थियो। मलाई मजा आयो। मैले आफूमाथि दबाउ सृष्टि गरिरहेको थिएँ। सोशल मीडियामा हेर्दा मानिसहरूले तपाईंलाई व्यर्थको भनिरहेका हुन्छन्। यहाँ धेरै भारतीय प्रशंसकहरूले आज मेरो प्रशंसा गरिरहेका छन् तर केही दिन अघि उनीहरू मेरो आलोचना गरिरहेका थिए। मैले ईमानदारीपूर्वक आफ्नो काम गरेर आलोचनालाई बन्द गर्नु सके। यसैकारण म खुशी छु। उल्लेखनीय छ, ब्रूक आईपीएलको यस सीजनमा शतक बनाउने पहिलो ब्याटर हुन्। यसअघि पञ्जाब किंग्सका कप्तान शिखर धवन शतकको नजिक पुगेका थिए। उनले अविजित ९९ रन बनाएका थिए। ब्रूकले केकेआर विरुद्ध ५५ बल खेलेर १२ वटा चौका र तीनवटा छक्का लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement