कोविड़ भारत: कोरोनाको सक्रिय मामिला बढेर ५३,७२०

IMG-20230316-WA0251.jpg

कोरोनाको १०,७५३ नयाँ मामिला, २७ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १०,७५३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४८,०८,०२२ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले दिल्लीमा ६, महाराष्ट्रमा ४, राजस्थानमा ३, केरलामा ६ र छत्तीसगढ, गुजरात, हरियाणा, हिमाचल प्रदेश, जम्मू र कश्मीर, मध्य प्रदेश, उत्तराखण्ड अनि उत्तर प्रदेशमा १-१ जना गरी कुल २७ नयाँ मृत्युसँगै यस रोगका कारण मृत्यु हुनेको संख्या ५,३१,०९१ पुगेको छ। यसरी नै यस अवधिमा ६,६२८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४२,२३,२११ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.६९% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ५३,७२० रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ६.७८ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ४.४९ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,५८,६२५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,३८,७७,८३२ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ३९७ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,२५,५१७ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement