गान्तोक: गान्तोक सदर पुलिसले हत्याको मामिलामा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी छितेन भोटियाकोरूपमा पुलिसले चिन्हित गरेको छ। पक्रा पर्ने आरोपीको मूल घर दार्जीलिङ रहेको र केही वर्षदेखि डेभलोपमेन्ट क्षेत्रमा बसोबासो गर्दै आइरहेका हुन्। पुलिसले जानकारी गराए अनुसार गत १० अप्रेलको दिन लोवर बुर्तुक निवासी सुबास राईलाई अचेत अवस्थामा एसटीएनएम अस्पतालमा उपचारको निम्ति लगिएको थियो। उनलाई आरोपी छितेन भोटियाले उपचारको निम्ति लगेको पुलिसले बताएको छ।तर अस्पतालमा चिकित्सकहरूले हेरेपछि उनलाई मृत घोषित गरियो। पुलिसले यस घटनालाई लिएर अप्राकृतिक मृत्यु (युडी) सीआरपीसीको धारा १७४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो। पुलिसले शवलाई पोस्टमार्टम गरेपछि मृतकका परिवारलाई सुम्पिएको थप बताएएको छ। तर पोस्टमार्टमको रिपोर्ट आएपछि पुलिसले हत्याको मामिला दर्ता गरेको थियो। पुलिसले शंकाको आधारमा एक महिलालाई केरकार गर्दा उनले सबै कुरा पुलिससमक्ष खुलासा गरेकी हुन्। उक्त महिलाको वयानको आधारमा पुलिसले जसले मृतकलाई अस्पताल उपचारको निम्ति पुऱ्याएको थियो, उसलाई पक्राउ गरेको छ। यसरी केरकारको गर्ने क्रममा उक्त दिनको घटनाको सीसी क्यामेरा जाँच गर्दा यी दुईबीच भनावैरी हुँदा आरोपीले भोटियालाई सीढीँबाट धकेलेको र त्यसपछि तल भुँडीमा हिर्काएको देखियो। पुलिसले थप जानकारी गराए अनुसार उक्त दिन आरोपी भोटिया, मृतक र एक महिला दिँउसो होटलमा गएका थिए, जहाँ उनीहरूले मदिराको सेवन गरेपछि घर फर्किएको हो। फर्किने क्रममा भोटियाले मृतक राई पछ्याउँदै आएको देखेपछि यस घटनाले अर्को रूप लिएको हो। मृतक राईको उक्त महिलासँग नाजायज सम्वन्ध रहेको थियो। तर राति होटलबाट घर फर्किने क्रममा छुट्टिए पछि यस प्रकारको घटना भएको पुलिसको भनाइ रहेको छ। हालसम्म पुलिसले छितेन भोटियालाई पक्राउ गरेर आइपीसीको धारा ३०२ अन्तर्गत मुद्दा दर्ता गरेको छ।