गान्तोक: नाम्ची अग्निशमन विभागले अग्नि सेवा सप्ताह २०२३ आजदेखि शुरू गरेको छ। आजको पहिलो दिनको कार्यक्रम नाम्ची अग्निशमन विभागमा पालन गरियो। यस कार्यक्रमको थिम राष्ट्रीय पुर्वधारको विकास हेतु अग्नि सचेतना रहेको थियो। आजदेखि शुरू गरिएको यस कार्यक्रम सप्ताह दिनसम्म निरन्तर चल्ने छ भने पहिलो दिनमा नाम्चीका एफएसओ विशाल राई, एएसएफओ राज कुमार प्रधान लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। पहिलो दिनको कार्यक्रम शहीद दिवसकोरूपमा पालन गरियो,जसमा आफ्नो कर्तव्यपालन गर्ने क्रममा प्राणको वलिदान दिएका अग्निशमन विभागका अधिकारीहरूलाई श्रद्धाञ्जली अर्पित गरियो।यस सप्ताहव्यापी कार्यक्रममा सचेतना जगाउने उद्देश्यले निवन्ध प्रतियोगिता लगायत अन्य सचेतना कार्यक्रमहरू विभिन्न स्कूल र संस्थानहरूमा पालन गरिने भएको छ। यस कार्यक्रमको समापन आगामी २० अप्रेलको दिन हुने विभागले जानकारी गराएको छ।









