गान्तोकमा वैशाखी पर्व पालन

IMG-20230415-WA0000.jpg

गान्तोकः नेपाली साहित्य परिषद् सिक्किमको तत्त्वावधानमा शुक्रवार विविध सांस्कृतिक एम् साहित्यिक कार्यक्रमबीच वैशाखी पर्व २०८० पालन गरियो। गान्तोकको जीवन थिङ मार्गस्थित नेपाली साहित्य परिषद् भवनमा आयोजित समारोहमा सिक्किम अकादेमीका अध्यक्ष एसआर सुब्बा मुख्य अतिथि थिए भने परिषद्का अध्यक्ष हरि ढुङ्गेलले अध्यक्षता गरेका थिए।
आफ्नो सम्बोधनमा मुख्य अतिथि एसआर सुब्बाले नेपाली, भाषा, साहित्य, संस्कृति अनि चिनारीको संरक्षणलाई लिएर गम्भीर हुनुपर्ने समय आएको बताउँदै यदि यसबारे सचेत नभए बिस्तारै अरूको अतिक्रमण बढ्दै जाने र भविष्यमा अस्तित्त्व मेटिएर जानसक्ने मन्तव्य गरे। सिक्किम विश्वविद्यालयका सहायक प्राध्यापक डा. देवचन्द्र सुब्बाले भारतवर्षमा वैशाखीको महत्त्वमाथि वार्ता प्रस्तुत गरे। समारोहमा श्रीमती शकुन्तला सिलवाल, टीका ढुङ्गेल र जीवनहरि शर्माद्वारा लिखित तीनवटा कृतिको लोकार्पण गरियो भने योगेश लिम्बू र कविता शर्माले कविता वाचन गरेका थिए।

यसैगरी गणेश ढुङ्गेल, सुश्री अनिता मोक्तान, प्रेम गहतराज र बाल कलाकार उपेन्द्र न्यौपानेले गीत प्रस्तुत गरे भने सुश्री अस्मिता अधिकारी, बनिता लोहागुण र मुन्ना गुरुङले नृत्य प्रस्तुत गरे। सभाध्यक्ष हरि ढुङ्गेलले आजको कार्यक्रममा प्रस्तुत सबै प्रस्तुतिहरूमाथि अध्यक्षीय टिप्पणी राख्दै कृतज्ञता प्रकट गरे। उद्घोषिका उषा शर्माद्वारा सञ्चालित कार्यक्रममा परिषद्की उपाध्यक्ष भक्ति बस्नेतले स्वागत जनाएकी थिइन् भने सचिव प्रशासन श्रमीती रत्न लक्समले सबैप्रति आभार व्यक्त गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement