गान्तोक: अखिल सिक्किम अनुसूचित कल्याण सङ्घ र समाज कल्याण विभागको सङ्युक्त तत्वावधानमा आज सिक्किम विधानसभा परिसरमा १३२औं बाबा साहेब डा. भीमराव अम्बेदकर जयन्ती पालन गरियो। कार्यक्रममा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथि रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल सिक्किम अनुसूचित जाति कल्याण सङ्घका अध्यक्ष विकास सुनामले वर्तमान सरकारले सिक्किमका अनुसुचित जातीको हितमा गरिरहेका कार्यहरुबारे जानकारी गराउँदै मुख्यमन्त्रीलाई धन्यवाद चडाए। साथै अनुसूचित जातिको विकासकानिम्ति थाँतीमा रहेका कार्यहरु पनि वर्तमान सरकारको पहलमा पूरा गरिदियाजाओस् भनेर ज्ञापन पत्र चडाए। वर्तमान सरकारले आजपर्यन्त सिक्किमका अनुसुचित वर्गका हितमा धेरै अहम् पहलहरु गरेको खण्डमा कृतज्ञता स्वरुप मुख्यमन्त्रीलाई अभिनन्दन जनाइने कार्य गरियो।
आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री गोलेले डा. भीमराव अम्बेडकरले गरेका मानव कल्याणका कार्यहरुबाट सबैले प्रेरणा लिनु पर्ने र अनुसरण गर्नु पर्ने सुझाव राखे।देश र राज्यले मलाई के दियो भन्ने सोच मात्र नराखेर देश र राज्यलाई म के दिन सक्छु भन्ने विचार राखेर मानसिकतामा परिवर्तन ल्याउनुपर्ने आव्हान गरे।










