१४ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को म्याचमा सनराइजर्स हैदराबादले कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई २३ रनले पराजित गऱ्यो। शुक्रवार ईडन गार्डन्समा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्सले खराब शुरुवातपछि २० ओभरमा ४ विकेट गुमाएर २२८ रनको विशाल स्कोर बनायो। ओपनर हेरी ब्रूकले ५५ बलमा १२ वटा चौका र ३ वटा छक्काको साथ अविजित १०० रन बनाए। यसबाहेक कप्तान एडेन मार्करमले २६ बलमा ५ वटा छक्का र २ वटा चौकाको साथ ५० रन बनाए। अभिषेक शर्माले ३ वटा चौका र २ वटा छक्काको साथ १७ बलमा ३२ रन बनाए। मयंक अग्रवाल र राहुल त्रिपाठीलाई ५७ रनभित्रै गुमाएपछि ब्रूक र मार्करमले मिलेर तेस्रो विकेटको निम्ति ७२ रनको पार्टनरशीप गरे। ब्रूकले आईपीएलको यस सीजनको पहिलो शतक बनाए। केकआर-का बलरहरूमा आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए।

जवाफमा केकेआर-ले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो। कप्तान नितिश राणाले ६ वटा छक्का र ५ वटा चौकाको साथ ४१ बलमा सर्वाधिक ७५ रन बनाए। यसबाहेक रिंकु सिंहले ४ वटा छक्का र ४ वटा चौकाको साथ ३१ बलमा अविजित ५८ रन बनाए। यी दुई बाहेक नारायण जगदीशनले ३६ रनको योगदान दिए। सनराइजर्सका बलरहरूमा मार्को जानसेन र मयंक मार्काण्डेले २-२ विकेट लिए।










