सुनको बिस्किटको साथ तस्कर पक्राउ

ab96fa44-5506-42bf-80b7-2eb606fdb787

कोलकाता: पश्चिम बंगालको मुर्शिदाबाद जिल्लासित लागेको भारत-बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बल (बीएसएफ) को ३५ औं बटालियनले तीन सुनको बिस्किटको साथ एक तस्करलाई पक्राउ गरेको छ। सुनको ओजन ३४९.९१ग्राम छ, जसको अनुमानित दर २१ लाख ३६ हजार २०० रूपियाँ मापिएको छ।
शुक्रवार बीएसएफको तर्फबाट जारी बयान अनुसार, एक दिनअघि सीमा चौकी अतरोसिया नजिक एक किसानको गतिविधिहरू संदिग्ध देखेर उसलाई रोकिएको थियो। किसान सीमामा रहेको बारीमा काम गरेपछि फर्किरहेको थियो। सीमा चौकीमा ह्याण्ड हेल्ड मेटल डिटेक्टरले तलाशी लिएको समय उसले भाग्न प्रयास गर्यो तर उसलाई समाइयो ।तलाशी लिएको समय थाहा लाग्यो कि उसले आफ्नो लुङ्गीमा सुनको तीन बिस्किट लुकाएर राखेको थियो। उसलाई पक्राउ गरियो। उसको पहिचान मुर्शिदाबाद निवासी सफीकुल इस्लामको रूपमा भएको छ। किसानले बतायो, उसको छिमेकी मिजारुल इस्लामले उसलाई बांग्लादेशबाट तीन वटा सुनको सिकुट लिएर आउनलाई भनेको थियो। त्यही मुताबिक सीमा पारी एक व्यक्तिले उसलाई बिस्किट दिएको थियो। यस कामको साटो उसलाई केवल ६०० रूपियाँ हासिल भएको थियो। यस खुलासापछि उसको छिमेकी विरुद्ध पनि कारबाहीको प्रक्रिया शुरू गरिएको छ। पक्रा परेको तस्करलाई सुन सहित अघिको कारबाहीको निम्ति लालगोला कस्टम अफिसलाई सुम्पिएको छ। तस्करसित सोधपुछ भईरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement