कवियत्री निलम गुरूङलाई रम्फूमा भव्य स्वागत जनाइयो

IMG-20230414-WA0360.jpg

रम्फू: नेपालमा आयोजित द पोएट आइडल सिजन १ को फाइनलमा पुगेकी निलमलाई राज्य फर्किने क्रममा रम्फूमा भव्यरूपमा स्वागत जनाइयो। सिक्किम फर्किने क्रममा उनलाई स्वागत जनाउनको निम्ति मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङ्चुक लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। अहिलेसम्मको यात्राको निम्ति सहयोग पुयाएकोमा गुरुङले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरेकी छन्। फाइनलसम्मको यात्रा अतिनै सुन्दर अनि स्मरणीय रहेको उनले बताइन्। यो प्रतियोगितामा आफू सहभागी बनेर राज्यको नाम रोशन गर्न पाएकोमा खुशी व्यक्त गरेकी छन्। यस प्रतियोगिताको फाइनल आगामी २२ अप्रेलको दिन रहेको हुँदा आजदेखि भोटिङ लाइन खुल्ला रहने जानकारी गराउँदै सबैलाई भोट गरिदिने आग्रह गरिन्। स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव खालिङले फाइनल पुग्न सफल गुरूङलाई बधाई साथै शुभकामना दिए। राज्यका प्रतिभाहरुलाई मुख्यमन्त्री प्रेमसिंह तामाङले सँधै सहयोग गरिरहेको जानकारी गराउँदै उनलाई पनि सहयोग पुयाएको बताए। यसको साथै अन्तरराष्ट्रियस्तरको प्रतियोगितामा सहभागी बनेर सिक्किम राज्यको नाम रोशन गरेकोमा उनलाई बधाई दिँदै फाइनल चरणको निम्ति जनसाधारणलाई भोट गर्ने आग्रह गरे।फाइनल सम्मको यात्रामा सहयोग पुयाएकोमा कवि गुरुङका पिता दिलीप गुरुङले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङप्रति आभार व्यक्त गरे यसको साथै उनले सम्पूर्ण जन साधारणलाई पनि धन्यवाद दिँदै अब फाइनलको निम्ति पनि सबैलाई भोट गरिदिने उनले आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement