तकदाह टिष्टा भ्यालीमा अजयलाई भब्य स्वागत

IMG-20220613-WA0111.jpg

दार्जीलिङ: तकदाह टिष्टा भ्याली समष्टिमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई भब्य स्वागत जनाइयो। आगमी २६ जूनको दिन जीटीए सभा चुनावको मतदान हुँदैछ। यस विषयलाई ध्यानमा राख्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस अनि तिनको टीम आज बिहान कालेबुङ प्रस्थान गऱ्यो। यस अवधि तकदाह टिष्टा भ्याली समष्टिमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस अनि तिनको टीमलाई भब्य स्वागत जनाए। बाटोको दुईतिर स्थानीय बासिन्दाहरू उभिएर पार्टी अध्यक्ष एडवार्डस अनि तिनको टीमलाई खदा, माला लगाउँदै भब्य स्वागत जनाए। यस अवधि तकदाह टिष्टा भ्याली समष्टिको पार्टी उम्मेद्वार प्रबल तामाङ पनि साथमा थिए।

स्थानीय बासिन्दाहरूले हाम्रो पार्टी जिन्दाबाद, अजय एडवार्डस जिन्दाबादको नाराहरू लगाए। तकदाह टिष्टा भ्यालीको विभिन्न स्थानहरूमा पार्टी उम्मेद्वार प्रबल तामाङलाई साथमा लिएर पार्टी अध्यक्ष अजय एडवार्डस अनि तिनको टीमले चुनावी प्रचार-प्रसार गऱ्यो। तकदाह टिष्टा भ्यालीको जनता जनार्दाहरूलाई सम्बोधन गर्ने क्रममा पहाडमा जनताको राज ल्याउन एकपटक हाम्रो पार्टीलाई मौका दिनु होस् भन्दै प्रबल तामाङको पक्षमा भोट माग्यो। स्थानीय बासिन्दाहरूले पहाडमा परिबर्तन हुन अति नै जरूरी रहेको बताउँदै हाम्रो पार्टीको उम्मेद्वार प्रबल तामाङलाई भारी मतले विजय बनाउने सङ्कल्प पनि लिए।

About Author

Advertisement