गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज उत्तर प्रदेशकी राज्यपाल आनन्दीबने पटेलसॅंग लखनउस्थित राजभवनमा शिष्टाचार भेट गरे। यस भेट अवधि दुई राज्यपालले आ-आफ्नो राज्यसित सम्बन्धित विभिन्न विकास कार्यहरूको बारेमा चर्चा गरे। राज्यपाल आचार्यले राज्यमा पर्यटन, शिक्षा र स्वास्थ्य हेरचाहको क्षेत्रमा राज्य सरकारले गरेका कार्यहरूको बारेमा जानकारी गराए। यसैगरी, उत्तर प्रदेशकी राज्यपालले कृषि, पूर्वाधार विकास र रोजगार सृजनको क्षेत्रमा प्राप्त गरेका उपलब्धीहरूमाथि प्रकाश पारेकी थिइन्।
दुवै प्रदेशका राज्यपालहरूले दुई राज्यबीचको सम्बन्धलाई सुदृढ गर्ने र विभिन्न क्षेत्रमा सहयोगका अवसरहरू खोज्ने विषयमा पनि छलफल गर्दै आ-आफ्नो राज्य अनि देशको हितलाई अगाडि बढाउन प्रतिबद्धता व्यक्त गरेको प्रेस विज्ञप्तिमा बताइएको छ।










