दार्जीlलिङ: आज १४ अप्रेल शुक्रबारको दिन नेपाली नव बर्ष २०८० को पावन अवसरमा दार्जीलिङ चौरस्तामा शोभायात्रा अनि सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रमलाई गोर्खा नवबर्ष जातीय उत्सव समिति दार्जिलिङद्वारा आयोजना गरिएको थियो।
कार्यक्रममा कलाकारहरुले विविध प्रस्तुतिका साथ उपस्थित सबैलाई मनोरञ्जन गराए साथै कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा संगीत अनि साहित्य क्षेत्रका कलाकारहरू नर बहादुर दाहाल, संगित क्षेत्रका बिभूति कर्म योन्जन अनि श्रीमती शान्ति ठटाल, साहित्य जगतका प्रख्यात साहित्यकार एडोन रोङ्गोन अनि पर्वतारोही कुनसाङ् शेर्पालाई सम्मान जनाईएको थियो।










