सिलगढ़ीः लाखौं रूपियाँको हिनामिना गरेको आरोपमा पक्रा परेको एक मोलको मेनेजरलाई प्रधाननगर थाना पुलिसले शुक्रवार अदालतमा पेश गरी चार दिनको पुलिस रिमान्डमा लिएको छ। पक्रा परेको आरोपित मेनेजरको पहिचान जलपाईगढ़ी जिल्लाको मयनागढ़ी निवासी रतन बासाक (२७) को रूपमा गरिएको छ।
पुलिस सूत्रहरू अनुसार, सिलगढ़ीको चम्पासरी स्थित एक मोलको मालिकले प्रधाननगर थानामा बिहीवार २८ लाख रूपियाँको हिनामिना गरेको आरोपमा एक लिखित शिकायत दर्ता गराएका थिए। शिकायतको आधारमा मोलको मेनेजर रतन बासाकलाई पक्राउ गरिएको छ। आज आरोपित मेनेजरलाई सिलगढ़ी अदालतमा पेश गरी अघिको जाँचको निम्ति चार दिनको पुलिस रिमान्डमा लिइएको छ।










