सिएम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मानबाट दार्जिलिङका सङ्गीतकार एवम् गायक अनिल फागो सम्मानित

IMG-20230414-WA0349.jpg

दार्जिलिङ: सीएम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मानबाट दार्जिलिङका सङ्गीतकार एवम् गायक अनिल फागोलाई सम्मानित गरिएको छ। उनलाई उक्त सम्मान पूर्वी नेपालको मोरङको पथरी शनिश्चरेमा एक भव्य कार्यक्रमबीच सम्मान जनाइएको थियो। उक्त कार्यक्रम सीएम कन्दङ्वा स्मृति कोषका अध्यक्ष डा. राम नारायण कन्दङ्वाको सभाध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति साहित्यकार भुपाल राई उपस्थित रहेका थिए। सीएम कन्दङ्वा स्मृति कोषले केही दिन अघि पूर्वी नेपालको मोरङको पथरी शनिश्चरेमा तीनजना स्रष्टालाई नगदसहित सम्मान गरेको छ। सीएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मानबाट वरिष्ठ समालोचक, अन्वेषक, अनुवादक प्रा. डा. गोविन्दराज भट्टराईसहित तीनजना श्रष्टाहरूलाई सम्मान गरिएको हो। भट्टराईलाई एक लाख एक हजार नगदसहित ताम्रपत्र प्रदान गरिएको हो। यस्तै सीएम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मानबाट सङ्गीतकार एवम् गायक अनिल फागोलाई ५१ हजार नगदसहित ताम्रपत्रले सम्मान गरिएको छ।

यस्तै, सुशीला कन्दङ्वा पत्रकारिता पुरस्कारबाट पथरीका पत्रकार अर्जुन जम्नेली राई सम्मानित भएका थिए। राईलाई ११ हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ। उनीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको बाहुलीबाट सम्मान प्रदान गरेका थिए। कार्यक्रमको शुभारम्भ अनिल फागोद्वारा शब्द तथा सङ्गीतबद्ध सरस्वती बन्दना ताया राईले प्रस्तुत गरेका थिए।
अन्त्यमा अनिल फागोले “साथ मांग्दा’ बोलको गीत प्रस्तुत गरेका थिए। दार्जिलिङका युवा संगीत सर्जक अनिल फागोले आफ्नो साङ्गीतिक यात्रामा एल्बमहरू- रचना, सुरा लगायत तीन दर्जन गीतहरूमा सङ्गीत दिएर विभिन्न गायक गायिकाहरूले स्वर प्रदान गरेका छन्। हाल उनी पूर्वी नेपालको दमकमा सुरभि कला केन्द्र स्थापित गरी सङ्गीतको शिक्षा दिने कार्य गरिहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *