कालचिनीः शुक्रबार बाबा साहेब डा. भीमराव अम्बेडकरको १३२औँ जन्म जयन्ती सर्वत्र पालन गर्ने क्रममा राईमाटाङ चियाबारीको अस्पताल परिसरमा एयर मार्शल सुव्रत मुखर्जी ओपन यूनिट एयर विङ्ग्स स्काउट्स एण्ड गाइड्सको आयोजना औ कामुराई मार्सल आर्ट एकाडेमीको सहयोगितामा बाबा साहेब डा. भीमराव अम्बेडकरको जन्म जयन्ती पालन गरीएको जानकारी एयर विङ्ग्स स्काउट्स एण्ड गाइड्सको डिमा यूनिट प्रभारी घनश्याम उराँवले दिएका छन्। उक्त अवसरमा प्रमुख अतिथिको रुपमा रायगञ्जकी महिला समाजसेवी सीमा जाना लोहोरा लगायत कामुराई मार्सल आर्टका संस्थापक सिहान डा. कमल कुजूर, समाजसेवी हरि कुजूर र कालचिनीका युवा समाजसेवी कौशल गोलेको उपस्थिति रहेको थियो।
उक्त अवसरमा बाबा साहेब डा. भीमराव अम्बेडकरको प्रतिकृतिमा पुष्पार्पण एवम् धुपदीप प्रज्वलन गरीएको थियो भने बाबा साहेब डा. भीमराव अम्बेडकरको जीवनी औ तिनको योगदान बारेमा डा. कमल कुजूरले चर्चा राखेको थियो। यसै क्रममा एयर विङ्ग्स स्काउट्स एण्ड गाइड्सहरूले मार्चपास गरेर बाबा साहेब डा. भीमराव अम्बेडकरलाई श्रद्धाञ्जली अर्पण गरेको थियो।










