सिलगढी: विधान नगर थाना पुलिसले फासीदेवा ब्लकको सईदाबाद क्षेत्रमा छापा मारेर एउटा ट्रकको खोजी-तलासी गर्दा त्यसबाट १५ वटा भैँसी फेला पऱ्यो। घटनामा ट्रकका चालक भने फरार भए। त्यसपछि पुलिसले भैँसीले भरिएको ट्रकलाई नियन्त्रणमा लिएर पुलिस चौकीमा ल्याएको थियो। उक्त ट्रकबाट जम्मा १५ वटा भैंसी बरामद भएको विधाननगर पुलिस चौकीले जनाएको छ। यी भैँसीहरू उत्तर दिनाजपुर जिल्लाको सोनापुरबाट आसाम हुँदै बंगलादेशतर्फ तस्करी गरिँदे थियो।










