गाउँभित्र मृग, एक गृहिणीले बचाइन् ज्यान

85175dbd-f3ec-4c40-a7d9-44130b08ae57

जलपाइगढी: एक चालिस वर्षीया गृहिणी कौशल्या रायले कुकुरको झुण्डबाट एउटा मृगलाई बचाइन्। तिनले हर्दी र तेल लगाएर मृगको प्राथमिक उपचार गरिन। त्यतिन्जेल वन विभागका अधिकारी घटनास्थल पुगेका थिए। स्थानीय स्रोतका अनुसार शुक्रबार दिउँसो सोनाखाली जंगलबाट एउटा पूर्ण वयस्क नर मृग आवासीय क्षेत्रमा प्रवेश गरेको थियो। घटना धुपगढी ब्लक अन्तर्गत संखवाझोडा २ ग्राम पञ्चायतको उत्तर गोसाइहाट पोस्टअफिस क्षेत्रमा भएको हो। त्यहाँ कुकुरहरूको झुण्डले मृगलाई खेदे। कुकुरले त्यस मृगलाई घाइते बनाएको थियो। यो दृश्य देखेर एक स्थानीय गृहिणी मृगलाई बचाउन भनी आत्तिएर अघि आइन। कौशल्या रायले मृगको प्राथमिक उपचार गरेर उसको ज्यान बचाइन्। घटना बिन्नागढी वाइल्ड लाइफ स्क्वाडलाई रिपोर्ट गरिएको थियो। त्यसपछि वन विभागका कर्मचारी आएर घाइते मृगकोउद्धार गरी बिन्नागढी लगे। उपचारपछि मृगलाई जंगलमा छाड्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement