१२६ वटा नशालु सुईसहित २ युवक पक्राउ

1382c5d4-7214-4bab-8141-b1a7b6a9020f

सिलगढी: सिलगढी महानगरपालिकाको मतिगडा थाना पुलिसले नशालु सुईसहित २ युवकलाई पक्राउ गरेको छ । पुलिसले गोप्य सूचनाको आधारमा कारबाही गर्दै उनीहरूको साथबाट ठूलो परिमाणमा लागु औषध सुई बरामद गरेको हो। पक्राउ पर्नेमा जीवन ज्योति राय र अभिजित राय रहेका छन्। दुवै युवक शिव मन्दिरका बासिन्दा रहेको पुलिसले जनाएको छ। प्राप्त जानकारी अनुसार मतिगडा पुलिस चौकीलाई गोप्य सूचना प्राप्त भएको थियो, जसको आधारमा पुलिसले कारबाही गर्दा शिवमन्दिरको अठारखाई क्षेत्रमा छापा मारेको थियो। छापा मार्ने क्रममा पुलिसले शंकाको आधारमा स्कुटरमा सवार दुई युवकलाई नियन्त्रणमा लिएको थियो। खोजी गर्दा युवकको साथबाट १२६ थान लागु औषध सुई बरामद भएको छ। त्यसपछि पुलिसले स्कुटी नियन्त्रणमा लिएर ती दुवै युवालाई पक्राउ गरेको थियो। पुलिसले यस विषयमा अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement