इण्डिपेण्डेन्स डे फूटबलः नाना स्पोर्टिंग क्लबको जीत

photocollage_202261314359414.jpg

१३ जूनः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत आइतवार पहिलो राउण्डको एउटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको म्याचमा नाना स्पोर्टिंग क्लबले रिंगटोंग एफसीलाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट अमन तामाङले २ गोल गरे। यसबाहेक जिग्मी, नाइडु र छोटुले १-१ गोल गरे। यसरी नै रिंगटोंग एफसीबाट अनिकेत तामाङ र मनीष राईले १-१ गोल गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement