जलदापाडा राष्ट्रिय निकुञ्जमा स्थिरता लगायत ४ बुँदे माग लिएर गतिरोध

e59c9ed0-9f2a-4c65-beb0-0a5c4cf29852

१४५ अस्थायी माहुत र पटवालले काम रोके

अलिपुरद्वार: जलदापाडा राष्ट्रिय निकुञ्जका १४५ अस्थायी माहुत र पटवालहरू स्थायीकरण सहित चार बुँदे माग लिएर शुक्रबारदेखि अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। जसका कारण जल्दापाडा राष्ट्रिय निकुञ्जमा गतिरोध उत्पन्न भएको छ।त्यस आन्दोलनका कारण, हात्ती सफारी पर्यटकहरूको लागि बन्द गरिएको छ। वन संरक्षणको काममा पनि समस्या उत्पन्न भइरहेको छ।
यो महँगो बजारमा वन विभागले ७ हजार २ सय ४० रुपियाँ मात्रै ज्याला दिएको अस्थायी माहुत र पटवालहरूको गुनासो छ। १९९७ देखि हालसम्म स्थायी माहुत र पटवालको भर्ना प्रक्रिया बन्द छ। वन संरक्षणको काममा माहुत र पटवालको दुर्घटनामा मृत्यु हुँदा पीडित परिवारका कसैलाई पनि काम नदिएको उनीहरूको गुनासो छ। परिवार पूरै विपन्न बनिसकेको छ। वन विभागले बीमा रकमबाट मात्र दायित्व पूरा गर्दछ। तीन दिनभित्र वन विभागले आफ्ना मागहरूलाई गम्भीरतापूर्वक लिएन भने तीन दिनपछि तालिम पाएका हात्तीको रेखदेख र हेरचाहको सम्पूर्ण जिम्मेवारी त्याग्ने आन्दोलनकारीले धम्की दिएका छन्। यसो भए जल्दापाडा राष्ट्रिय निकुञ्जका ७८ वटा तालिमप्राप्त हात्ती भोकभोकै मर्नेछन्। देशैभर गर्मी सुरु भएको छ। यस्तो अवस्थामा अस्थायी माहुत र पटवालले हात्ती हेरचाह सेवा बन्द गरेभने तालिम लिएका हात्तीहरू निकै समस्यामा पर्नेछन्। किनभने एउटा पूर्ण हुर्केको हात्तीलाई नुहाउने पानी र एक क्विन्टल घाँस सहित कम्तीमा १०० लिटर पिउने पानी चाहिन्छ।समग्रमा वन संरक्षणको काम ठप्प भयो भने पशु तस्करी बढ्ने सम्भावनालाई पनि नकार्न सकिँदैन। तथापि,अस्थायी माहुत र पटवालहरूको यो हडतालबारे वन अधिकारीहरूबाट कुनै प्रतिक्रिया भने आएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement