सोनादा: हिल तृणमूल कङ्ग्रेस रंगबुल धोतरिया रंगमुक मुण्डा समष्टिबाट प्रार्थी एनबी खवासले चुनाउ प्रचार गरेका छन्। यहाँको विभिन्न क्षेत्रहरूमा पैदल भ्रमण गरेर जनताहरूसित भेट गरी तिनीहरूको विविध समस्याहरू बुझ्दै चुनाउ प्रचार गरेका थिए। तिनले गत ७ जूनदेखि नै यस समष्टिको विभिन्न स्थानहरूमा पुगेर लगातार चुनाउ प्रचार गरिरहेका छन्। आज पनि एनबी खवासले रंगबुल क्षेत्रको विभिन्न ठाउँहरूमा हिँडेर नै मानिसहरूको घर-घरमा पुगेर चुनाउ प्रचार गरे। यस अवधि विभिन्न ठाउँहरूमा तिनलाई पार्टीका समर्थकहरूले खदा माला लगाई दिएर स्वागत जनाएका थिए।