नक्कली आधार कार्ड देखाएर भारत हुँदै नेपाल प्रवेश गर्ने दुई बंगलादेशी पक्राउ

b17839cd-aec9-49cb-ae54-ba8d73d97baa

सिलगढी: नक्कली आधार कार्ड देखाएर भारत हुँदै नेपाल प्रवेश गरेको आरोपमा दुई बंगलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ परेकाहरूलाई शुक्रबार दिउँसो ३ बजे सिलगढी डिभिजनल कोर्टमा लगिएको थियो। उनीहरू हिजो नेपाल प्रवेश गर्दा एसएसबीले भारत–नेपाल सीमाको पानी ट्याङ्की क्षेत्रमा सोधपुछ गर्दा उनीहरूको साथबाट नक्कली आधार कार्ड बरामद भएको बताइएको छ। त्यसपछि एसएसबीले दुवैलाई खोरीबारी पुलिस चौकीमा बुझाएको थियो। त्यसपछि पुलिसले उनीहरूलाई पक्राउ गरी आज सिलगढी अदालतमा पेश गरेको थियो।

About Author

Advertisement