दार्जिलिङ: दार्जिलिङको गोर्खा रंगमञ्च भवनमा भारत रत्न डा भीमराव अम्बेडकरको पूर्णाङ्ग सालिग निर्माण गरिने भएको छ। आज दार्जिलिङमा सम्पन्न नयाँ वर्ष २०८० पालन कार्यक्रममा नै डा. भीमराव अम्बेडकरको सालिग निर्माण हेतु शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। डा. भीमराव अम्बेडकरको १३२औं जन्म जयन्तीको अवसरमा आज भारतीय गोर्खा नेपाली अनुसूचित जातिका सदस्यहरुले दार्जीलिङ नगरपालिकाका अध्यक्ष दिपेन ठकुरी साथै जीटीएको चेयरम्यान अञ्जुल चौहानको उपस्थितिमा गोर्खा रंगमञ्च भवन परिसरमा डा. अम्बेडकरको पूर्णाङ्ग शालिग स्थापनाको लागि शिलान्यास गरिएको छ। उक्त विषयमा भारतीय गोर्खा नेपाली अनुसूचित जाति दार्जीलिङका महासचिव रमेश मोदीले विस्तृत रूपमा जानकारी दिएका छन्।










