कालचिनीः कालचिनी खण्डको सुरज गोबिन्द टी कम्पनी लिमिटेड अधीनस्थ रहेको डिमा चियाबारीका एकजना श्रमिक दिलीप राईको परिवार शुक्रबार बिहानदेखि आफ्नै घर अघि निमती लिङ्क रोड स्थित यात्री प्रतीक्षालयमा धरनामा बसेका छन। श्रमिक परिवारले बताए अनुसार शंकर नेपाली उच्च माध्यमिक विद्यालयको विपरीत जमीनमा आफ्नो घर रहेको र आफ्नै घरको सीमाभित्र सानो पसल बनाउन लाग्दा कमान कर्तृपक्षले कमान श्रमिक दिलीप राईलाई कमानको कामबाट सस्पेन्ड गरेको एवम् कमानको प्रबन्धनपक्षले धेरै धमकी चेताउनी समेत दिएको आरोप लगाएको छ। कमानको कामबाट सस्पेन्ड गरेको १५ दिन अधिक हुँदा पनि कुनै सकारात्मक पहल नलिँदा धरनामा बस्न बाध्य भएको श्रमिक दिलीप राईले जनाएका छन्। परिवारको लागि भनेर आफ्नै घरको सीमाभित्र सानो पसल बनाउँदा पनि कमानको प्रबन्धनपक्षले धमकी लगाएको र कामबाट सस्पेन्ड गरेको र यसको निम्ति प्रबन्धनपक्षसित कुरा गर्न जाँदा गाली गरेर पठाएकोले आफूहरु परिवार लिएर धरनामा बसेका बताएका छन्। यदि काममा फिर्ता बोलाए र सकारात्मक कुरा गरे आफू कमान प्रबन्धनपक्षसित कुरा गर्न र मान्न राजी रहेको पनि कमान श्रमिक दिलीप राईको भनाई रहेको छ।
अर्कोतिर डिमा चियाबारीका सिनियर म्यानेजर अभिजीत शर्माले शुक्रबार पत्रकार सम्मेलन गर्दै कमानमा कार्य संस्कृति बचाउन औ कमानको हितमा काम गर्न दिलीप राईलाई जमीन बाटो चापेर पसल नबढ़ाउने र यसलाई पछि सार्न निवेदन गर्दा पनि नमानेकोले सस्पेन्ड होईन सोकज अर्थात कारण बताउ नोटिस दिएको तर दिलीप राईले आफ्नो परिवार लिएर यसरी धरना शुरु गरेको सुनिएको तर कमानको अनुशासन र नियम जो छ त्यसलाई राखेर नै कमानले काम गरेको औ सो परिवारलाई वार्ता गरेर समस्या समाधान गर्ने प्रस्ताव पनि दिएको जनाएका छन्। कमानभित्र सल्टिने कुरालाई दिलीप राईले कसको कुरा सुनेर यत्रो जिद गर्दैछन थाह नभएको र अहिले कमान प्रबन्धनपक्षलाई अज्ञात कल मार्फत कसैले धमकी दिईरहेको पनि सिनियर म्यानेजर अभीजित शर्माले बताएका छन्। कमानभित्र कमान प्रबन्धनपक्षको आफ्नो अधिकार क्षेत्र छ र जसले पनि कमानको अधिकार क्षेत्रलाई असर गर्ने काम गर्छ भने कमानले यस विरुद्ध कमानले पदक्षेप ग्रहण गर्नु आवश्यक रहेको पनि सिनियर म्यानेजर अभीजित शर्माले पत्रकार सम्मेलनमा बताए। कमानको सञ्चालित ट्रेड यूनियन नेताहरुले जनाए अनुसार जुन समस्या उत्पन्न भईरहेको छ त्यसलाई वार्ता मार्फत समाधान गर्नु पर्ने र यसको लागि प्रयास चलाईरहेको छ। यद्यपि श्रमिक परिवार धरनामा बसेको देखियो यसको परिणाम नकरात्मक नहोस सबै ट्रेड यूनियन प्रतिनिधिहरूको यही भनाई रहेको यूनियन नेताहरूले जनाएका छन।










